नियम ५६
प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्न अनुमति लिनु पर्ने
: (१) सवारी चालक प्रशिक्षण केन्द्र, बस ट्रकको बडी निर्माण गर्ने कारखाना वा अटोमोवाईल वर्कसप सञ्चालन गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले त्यस्तो व्यवसाय सञ्चालन गर्ने
अनुमति लिन चाहेमा ऐनको दफा १ ५९ बमोजिम देहाय बमोजिमको कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित विभाग समक्ष अनुसूची–५९ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ :
(क) प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्न चाहने प्रोपाईटर, साझेदार वा प्रथम सञ्चालकहरूको नागरिकताको
प्रमाणपत्र,
(ख) सञ्चालन गर्न खोजेको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप यस अघि अन्य कुनै नामबाट सञ्चालन भएको भए त्यसको
दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र र कर फछ्र्यौट प्रमाणपत्र,
(ग) सञ्चालन गर्न खोजेको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसपको प्रबन्धपत्र र नियमावली,
(घ) सञ्चालन गर्न खोजेको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप अन्तर्गत काम गर्ने कर्मचारी, परिचालक तथा अन्य
कामदारहरूको विवरण ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा विभागले आवश्यक जाँचबुझ गर्दा त्यस्तो प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्न दिन उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–६० बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची–६१ बमोजिमको ढाँचामा प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्ने अनुमतिपत्र दिनेछ ।